आधा दर्जन बढी फिल्ममा कोरियोग्राफी गरेका शिशिर खातीको निर्देशनमा आयो ‘भमरा’ — OSNepal

आधा दर्जन बढी फिल्ममा कोरियोग्राफी गरेका शिशिर खातीको निर्देशनमा आयो ‘भमरा’

LC (KTM) January 13, 2023 0

काठमाडौँ । म्यूजिक भिडियो निर्देशनमा दिनप्रतिदिन ब्यस्त बन्दै गइरहेका निर्देशक हुन् शिशिर खाती । केहीदिन अघि मात्रै गायक सुनिल गिरीको जुम्ला बोलको गीतको निर्देशन गरेका शिशिरको हातमा अहिले मात्रै १ दर्जन बढी भिडियो छन् । जसमध्ये उनको भमरा बोलको भिडियो शुक्रबार रिलिज गरिएको छ ।

गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’मा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय एवं नृत्य देख्न सकिन्छ । सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । राम कुमार केसीको छायाँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको छ ।

निर्देशक शिशिर आँफैमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका शिशिरले फिल्मका गीतहरुमा पनि कोरियोग्राफी गर्दै आइरहेका छन् । चकलेटी नायक प्रदिप खड्काको फिल्म ‘लभ स्टेशन’मा समावेश गरिएको ‘तिमीले हेर्ने जुन, मेरो आँगनीमा’ गीतमा कोरियोग्राफीको जिम्मेवारी सम्हालेका शिशिरले आर्यन सिग्देलको चचहुई र हालै प्रर्दशनमा आएको फिल्म डिसेम्बर फल्समा काम गरिसकेका छन् ।

म्यूजिक भिडियो निर्देशन तथा कोरियोग्राफीलाई एकसाथ अगाडि बढाइरहेका निर्देशक खाती पछिल्लो समय ब्यस्त म्यूजिक भिडियो निर्देशकका रुपमा चिनिन्छन् । शिशिरले रोमियो, तिमी सँग, लभ स्टेशन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरुमा कोरियोग्राफी गरेर आफ्नो अब्बल काम देखाइसकेका छन् । जसका कारण पनि उनी म्यूजिक भिडियोको निर्देशनमा खोजीने र रुचाइने निर्देशकका रुपमा परिचित छन् । उनै शिशिरको निर्देशन रहेको ‘भमरा’ बोलको शुक्रबार सार्वजनिक गीत हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर