रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने — OSNepal

रूसको निगरानी गर्न नेटोले रोमानियामा ‘अवाक्स’ विमान पठाउने

LC (KTM) January 13, 2023 0

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ ।नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हाम्रो ‘एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम (अवाक्स)’ विमानले सयौं किलोमिटर टाढाका विमानलाई पत्ता लगाउन र गतिविधिमाथि निगरानी राख्न सक्छ ।

यी विमान बुखारेस्ट नजिकैको ओटोपेनीमा मङ्गलबार आइपुग्नेछन् र पश्चिमी जर्मनीको गीलेन्किर्चेनमा बनेका नेटोका १४ वटा बोइङ ई–३ ए अवाक्स विमानको हिस्सा हुन् ।

नेटोले रोमानियाबाट गस्तीमा कति वटा अवाक्स विमान खटाउने छ भन्नेबारे केही बताएको छैन ।प्रत्येक अवाक्स विमान सामान्यतया नौ हजार (करिब ३० हजार फिट) को उचाइमा साढे आठ घण्टासम्म हावामा रहन सक्छन् । हवाई यात्रा गर्दा, तिनीहरूले पोल्याण्ड जस्तो लगभग ठूलो क्षेत्र निगरानी गर्न सक्दछन् र एयर–टू–एयर निगरानीको साथ आफ्नो उडान समय विस्तार गर्न सक्छन् ।

यि विमानलाई सहयोग गर्न ओटोपेनीस्थित रोमानियाली हवाई शिविरमा करिब १८० जना सैनिक तैनाथ हुनेछन् । यो अभियान केही हप्तासम्म चल्ने नेटोले जनाएको छ ।

रूसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नेटोले पूर्वी युरोपमा थप लडाकू विमान, निगरानी विमान र हवाई ट्याङ्करमार्फत आफ्नो हवाई उपस्थितिलाई मजबुत बनाएको छ ।

नेटो गठबन्धनले नेटो राष्ट्रहरूको सीमा नजिक रूसी जेटहरूलाई पछ््याउन पूर्वी युरोप र बाल्टिक साम्द्रिक क्षेत्रमा पनि नियमित गस्ती सुरु गरेको छ ।पूर्वी युरोपमा नेटोको आठ बहुराष्ट्रिय युद्ध समूहमध्ये एक टोली रोमानियामा प्रतिरोध र प्रतिरक्षाको अवस्थामा तैनाथ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर