महिला मार्ने सात वटा कुकुरलाई प्रहरीले लियो नियन्त्रण — OSNepal

महिला मार्ने सात वटा कुकुरलाई प्रहरीले लियो नियन्त्रण

LC (KTM) January 14, 2023 0

अपराधको दुनियाँमा यस्तो घटना सार्वजनिक भएको छ, जसलाई सुन्दा जो कोही अचम्ममा पर्छन् । प्रहरीले ७ वटा कुकुरलाई नियन्त्रणमा लिएको छ । सामान्यतया अपराध गर्दा मानिसलाई हिरासतमा लिइन्छ तर कुकुरलाई हिरासतमा लिने देश पनि छ । त्यसयता यो खबर हेडलाइनमा छ । यस विषयमा अहिले अनुसन्धान भइरहेको छ ।

कुकुरको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि यो कदम चालिएको प्रहरीले जनाएको छ । यो घटना बेलायतको सरे सहरको हो । प्रहरीले बिहीबार फोनमा घटनाबारे जानकारी गराएको थियो । कुकुरले मानिसलाई आक्रमण गरिरहेको प्रहरीलाई जानकारी दिईएको थियो । यस आक्रमणमा करिब २० वर्षकी एक महिलाको मृत्यु भएको थियो ।

महिलाको सम्बन्धमा थप जानकारी आउन सकेको छैन । सोही क्रममा कुकुरको आक्रमणबाट अर्की एक महिला पनि घाइते भएकी छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइते महिला अहिले खतरामुक्त छिन् । हतियार लिएर आएका अधिकारीलाई यस विषयमा राष्ट्रिय प्रहरी वायुसेवाले सहयोग गरेको थियो । यसपछि मात्र ७ कुकुरलाई नियन्त्रणमा लिएको थियो ।

प्रमुख इन्स्पेक्टर एलन स्प्रोस्टनले भने – आज दिउँसो दुःखद रूपमा मृत्यु भएको महिलाको परिवारलाई हामी समवेदना व्यक्त गर्दछौं। उनले यो घटनाले स्थानीय समुदायलाई नै खतरा रहेको बताए । हामी मानिसहरूलाई आश्वस्त पार्न चाहन्छौं कि सबै कुकुरहरू पक्राउ परेका छन् र प्रहरी हिरासतमा छन्। घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर