रणवीरको गेटअपले सामाजिक संजालमा तहल्का ! — OSNepal

रणवीरको गेटअपले सामाजिक संजालमा तहल्का !

LC (KTM) July 06, 2021 0

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह नयाँ फोटोसुटका कारण भाइरल भएका छन् । अनौठो फेसन लुक्सबाट प्रशंसकलाई चकित पारिरहने उनको चर्चा चलचित्र क्षेत्रमा मात्र सीमित छैन । रणवीरले इन्स्टाग्राममा गुच्चीको फोटो सुटमध्येको आफ्नो एउटा फोटो पोस्ट गरेका थिए । सो फोटोका कारण उनी सामाजिक सञ्जालमा भाइरल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फोटोमा रणवीर निलो रङको ट्रयाकसुट र सुनको हारमा सजिएका छन् । उनले खुट्टामा पहेलो रङको मोजा र त्योसँग मिल्ने पहेँलो सिसा भएको चस्मासमेत लगाएका छन् ।

आफ्नो लामो कपाल खुल्ला पारेका उनले डबल बेड खाटमा बसी छेउको फलाम समातेर पोज दिएका छन् । यो फोटोमा थुप्रै प्रशंसकले प्रतिक्रिया दिएका छन् । साथै कतिपयले त उनको फोटोको मिम नै बनाएका छन् । एकजना प्रशंसकले रणवीर मुम्बईको लोकल ट्रेनमा आफूलाई सन्तुलित गर्न खोजिरहेजस्तै देखिएको लेखेका छन् । सौर्य दैनिकमा खबर छ । अर्का प्रशंसकले उनलाई २१ औँ शताब्दीका भारतका पूर्वकालीन राजा अलाउद्दिन खालजी भनेका छन् ।

सुरुमा पोस्ट गरेको फोटो भाइरल भएसँगै अभिनेता रणवीरले त्यही पहिरनमा अर्को फोटो पनि इन्स्टाग्राममा राखेका थिए । जुन फोटोमा उनले रातो ह्याट र ट्रेन्च कोट लगाएका छन् । हातमा ज्याकी ब्रान्डको १९६१ को कालो पर्स बोकेको देखिन्छ । फोटोको क्यापसनमा उनले गुच्चीका रचनात्मक निर्देशक एलेस्यान्ड्रो मिसेललाई श्रद्धाञ्जली अर्पण गरेका छन् । चलिआएको फेसन ट्रेन्ड तोड्दै नयाँ फेसन परीक्षण गरिरहने रणवीरतर्फ कयौं फेसन डिजाइनर र कलाकारको ध्यान तानिएको छ । यही फेसन सेन्सले गर्दा अहिले उनी भारतको ट्विटर ट्रेन्डिङको सबैभन्दा अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर