चलचित्र ‘आरसी १५’ मा रामचरण र कियरा फाइनल — OSNepal

चलचित्र ‘आरसी १५’ मा रामचरण र कियरा फाइनल

LC (KTM) July 06, 2021 0

मुम्बई । बलिउड अभिनेत्री कियरा आडवाणी दक्षिण भारतीय चर्चित अभिनेता राम चरणसँग चलचित्र ‘आरसी १५’ मा अभिनय गर्ने तयारीमा जुटेकी छन् । पछिल्लो समय बलिउडमा उनको क्रेज निकै बढिरहेको छ । यसैकारण उनलाई अहिले भ्याइनभ्याइ छ । उनको छायांकन सेड्युल पनि निकै कसिलो छ । यसैबीच अभिनेत्री कियराले दक्षिण भारतीय चलचित्रमा अभिनय गर्ने तयारीमा लागेकी छन् ।सौर्य दैनिकमा खबर छ । भारतभर बोलिने विभिन्न भाषामा निर्माण गरिन लागिएको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।

अभिनेता राम चरणको प्रमुख भूमिका रहेको चलचित्र ‘आरआरआर’ को छायांकन पनि कोरोनाका कारण प्रभावित भएको छ । सोही कारण यस चलचित्रको काम सुरु हुन समय लागेको हो । एस शंकरको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई दिल राजुले निर्माण गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक्सन र ड्रामा भरपुर रुपमा प्रयोग गरिने यो चलचित्रमा अभिनेता राम चरण एक प्रहरी अधिकृतको भूमिकामा देखिने जनाइएको छ । निर्माण पक्षका अनुसार यो चलचित्रलाई ६ महिना लगाएर छायांकन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर