तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड — OSNepal

तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड

LC (KTM) January 15, 2023 0

अत्तरिया-मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् ।

स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।

मेला भर्न सुदूरपश्चिमका जिल्लालगायत भारतबाट भक्तजन गोदावरी आइपुगेका छन् । मकर सङ्क्रन्तिको अवसरमा गोदावरीमा बाह्र राशि दर्शन मकर मेला पनि आयोजना गरिएको छ । मेला माघ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । भक्तजनको सुविधाका लागि गोदावरी नगरपालिकाले आज एक दिनका लागि निःशुल्क बसको व्यवस्था गरेको र मेला अवधिका लागि सहायता कक्ष स्थापना गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर