जन्मदिनको अवसर पारेर डाक्टर रमिल अधिकारीले ल्याएको गजल जिउने चाहनामा केकी — OSNepal

जन्मदिनको अवसर पारेर डाक्टर रमिल अधिकारीले ल्याएको गजल जिउने चाहनामा केकी

LC (KTM) January 18, 2023 0

काठमाडौँ । गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो रिलिज गरिएको छ । डाक्टर रमिल अधिकारीका शब्द शृजना रहेको गजलको भिडियो उनले आफ्नो जन्मदिनको अवसर पारेर बजारमा ल्याएका हुन् ।

डाक्टर अधिकारीले आफ्नो जन्मदिनको शुभ अवसर पारेर रिलिज गरेको भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीबिचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् ।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको
कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदुतका रुपमा पनि कार्यरत छन् । सार्वजनिक गीत गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर