सरिताको 'मेरो मायाँ भनी'मा दिक्पाल — OSNepal

सरिताको ‘मेरो मायाँ भनी’मा दिक्पाल

LC (KTM) January 20, 2023 0

काठमाडौं : गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीत ‘मेरो मायाँ भनी…’को भिडियो बिहिबार दर्शकमाझ ल्याएकी छिन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । अघिल्लो गीत तिम्रो मायाँले न हो…को सफलतापछि सरिताले यतिबेला आफ्नो अर्को नयाँ गीत ल्याएकी हुन् । उनले यस अघि डेढ दर्जन गीतहरु आफ्नो स्वरमा ल्याईसकेकी थिईन् ।

सरिताको यो नयाँ गीत नेपाली लोक पप जनरामा आधारित रहेर सेलो शैलीमा तयार गरिएको छ । गीतलाई आरजे सिंहले लेखेका हुन् । जसमा संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज रेकर्डिङ स्टुयोमा यो गीत तयार गरिएको हो ।यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । भिडियोमा उनीहरु दुबै जना शेर्पा समुदायको चरित्रमा उत्रिएका छन् । गीतमा विवाहको हतार भएको जनाउँदै आफुलाई विवाह गर्नको लागि घरमा वुवासँग माग्न आउन अभिनेत्रीले अभिनेतालाई अनुरोध गरेकी छिन् । यस अघि पनि केही भिडियोमा सँगै अभिनय गरिसकेका दीक्पाल र सरिताको यो भिडियोमा केमेस्ट्री सुहाएको छ । दुबैको अभिनय प्रसँसनीय छ ।

यस अघि पूर्वेली, काठे, पश्चिमेली, देउडा, पर्व जस्ता विभिन्न लोकशैलीको गीत श्रोतामाझ ल्याईसकेकी सरिताले यसपटक सेलो शैलीको गीत ल्याएकी छिन् । हिमाली क्षेत्रको लोक धुनलाई फ्युजन गरेर यो सेलो लोकपप गीत तयार पारिएको उनले बताएकी छिन् । नेपालमा विभिन्न जाती जनजातिहरुका आ आफ्नै प्रकारका लोक भाकाहरु रहेकाले ती भाकालाई आफुले क्रमस एक पछि अर्को गर्दै नयाँ रुपमा ल्याउँदै गरेको सरिताले बताईन् । अहिलेको गीत मेरो मायाँ भनी…नेपालको हिमाली क्षेत्रमा रहेका शेर्पा समुदायको लोक शैलीमा तयार गरिएको पनि सरिताको भनाई छ । गीतको म्युजिक भिडियो पनि सोही अनुसारले निर्माण गरिएको सरिताले बताएकी छिन् ।

भिडियोलाई विलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो । आफ्नो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको सरिताले बताएकी छिन् ।
यो गीतको म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गीत अनुसारले भिडियोलाई तयार गरिएको छ । जसमा कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर