४ मिनेटको फरकमा जन्मिएका तिम्ल्याहा दिदीबहिनी एकैपटक गर्भवती बनेपछि सबै चकित — OSNepal

४ मिनेटको फरकमा जन्मिएका तिम्ल्याहा दिदीबहिनी एकैपटक गर्भवती बनेपछि सबै चकित

LC (KTM) July 06, 2021 0

काठमाडौँ । तिम्लिया दिदीबहिनी एकसाथ गर्भवती बनो छन् । यो अचम्मको खबर हो अमेरिकाको क्लालिफोर्नियाको । दक्षिणी क्यालिफोर्नियाका दिदीबहिनीहरु गिना, निना र भिक्टोरियाले छोटो समयको अन्तरमा सन्तानलाई जन्म दिनेछन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार कान्छी भिक्टोरियाले आफूहरु एकैपटक गर्भवती हुनु सपना वास्तविकता भएजस्तै भएको बताएकी छिन् । ३ दिदीबहिनीको एकैपटक गर्भवती हुने योजना नबनाई पनि उनीहरु एकसाथ गर्भवती भएको भनदै उनीहरु स्वयम पनि दंग छन् ।

सबैभन्दा पहिला कान्छी, माइली गर्भवती बने र जेठी गिनाले आँफु गर्भवती भनेको खबर बहिनीहरुलाई सुनाउँदा सबै दंग परे । उनले भनिन् मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चिच्याउन थाले । उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सबैभन्दा जेठी गिनाको सन्तान भने सबैभन्दा पछि नोभेम्बरमा जन्मिनेछ ।

नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् । अन्तरवार्ताका क्रममा माइली निनाले एक वर्षअघिदेखि उनले आफ्ना श्रीमानसँग बच्चा जन्माउने योजना बनाएको तर यसरी सबे दिदीबहिनी एकसाथ गर्भवती हुने, भएको विषय अचम्मको भएको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर