चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे प्रेमिका एन्कासँग ९३ वर्षको उमेरमा विवाह — OSNepal

चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे प्रेमिका एन्कासँग ९३ वर्षको उमेरमा विवाह

LC (KTM) January 22, 2023 0

लस एन्जेलस । चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ वर्षको उमेरमा विवाह गरेका छन् । दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिका एन्का फौरसँग विवाह बन्धनमा बाधिएका हुन् । तस्बिरसहित ट्वीट गर्दै उनले आफुले बिहे गरेको जानकारी गराएका हुन् ।

उनले लेखेका छन् “मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,”“हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं ।

हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं ।” यस अघि तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर