प्रवासी नेपालीको सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना — OSNepal

प्रवासी नेपालीको सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना

LC (KTM) January 22, 2023 0

बेनी-म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका ९आन्मा०को सहयोगमा सङ्कलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।

कोलम्बस म्याराथनको अभियान ‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तर्गत अमर माविसहित देशका विभिन्न १० सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले बताउनुभयो । उहाँका अनुसार १० वटा कम्प्युटर ल्याब स्थापनाका लागि तीन सय आठ सहयोगदातामार्फत रु ३८ लाख चार सय ४४सङ्कलन भएको थियो । अमर माविको ल्याब स्थापनामा कार्यसमिति सदस्य सन्दिप सिंहले मात्रै रु तीन हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।

विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई १० थान कम्प्युटर, एक सेट प्रोजेक्टर र एक थान प्रिन्टर प्रदान गर्नुभएको थियो ।
उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरणसमेत गरिएको छ ।
समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त विद्यालयले २०६७ सालदेखि नै कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्दै आएको थियो । काठमाडौँस्थित चिमखोले सहयोग समितिबाट प्राप्त भएका कम्प्युटरमार्फत पठनपाठन सुरु गरिएपनि पछिल्लो समय पुराना कम्प्युटर जीर्ण भएकाले आन्मा संस्थामार्फत ल्याब नै स्थापना भएपछि राहतभएको विद्यालयले जनाएको छ । एकसय ३० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा दिवङ्गत सुवेदार नरजङ पुनको नाममा क्याप्टेन पदमबहादुर पुन र क्याप्टेन लोकबहादुर पुनको परिवारले कम्प्युटर कक्ष निर्माण गरिदिनुभएको थियो । आन्मा संस्थाले म्याग्दीको अमरमाविसँगै बैतडीमा दुई, दैलेखमा दुई, प्यूठानमा एक, सिन्धुपाल्चोकमा एक, सप्तरीमा एक, तेह्रथुममा एक र इलाममा एक सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिसकेको जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर