इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या — OSNepal

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

LC (KTM) January 22, 2023 0

रामल्लाह-वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

शहरको उत्तरपश्चिममा ४२ वर्षीय तारिक माली मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । उनको शवलाई इजरायली सुरक्षाले नियन्त्रणमा राखेको जानकारी दिइएको थियो । विज्ञप्तिमा घटनाबारे थप विवरण दिइएको छैन ।

चक्कु बोकेका एक प्यालेस्टिनीले इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गरेका र यसैबीच, यस क्षेत्रमा इजरायली सैनिकहरुले प्यालेस्टिनी व्यक्तिलाई गोली हानेको इजरायली सञ्चार माध्यमले जानकारी दिएको छ ।

जनवरीको सुरुदेखि नै इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि इजरायली सैनिकहरुले करिब २० प्यालेस्टाइनीको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर