अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु — OSNepal

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

LC (KTM) January 22, 2023 0

टोक्यो-जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् ।

त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।

जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर