अलेप्पोमा भवनभत्किँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु — OSNepal

अलेप्पोमा भवनभत्किँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु

LC (KTM) January 22, 2023 0

अलेप्पो-यहाँस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास थियो । भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । गृह मन्त्रालयले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट जिल्लाबाट विस्थापित भएका सिरियाली उक्त भवनमा बस्दै आएका थिए ।

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली संरचनागतरूपमा सुदृढ नभएका भवनमा बस्दै आएका छन् । गत सेप्टेम्बरमा अलेप्पो नजिकको फर्दवासमा भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियो ।

यसैबीच, अजरबैजानको उत्तरी शहर कुसारस्थित एक रिसोर्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । घाइते भएका छ जनालाई स्थानीय अस्पताल भर्ना गरिएको छ । आगोमा ज्यान गुमाएका तीन जना एकै परिवारका सदस्य हुन् ।

अग्निनियन्त्रक तथा आपत्कालीन सहयोगमा जुटेकाहरूले आगो निभाउने भरमग्दुर प्रयास गरेता पनि काठले बनेको दुई तलेघर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घरको अँगेनोमा आगोबालेर त्यत्तिकै छाडिँदा आगो सल्केको हो । विस्तृत अनुसन्धान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर