डल्फिन हेर्न हिँडेका पर्यटक सवार डुङ्गा डुब्दा चार जनाको मृत्यु — OSNepal

डल्फिन हेर्न हिँडेका पर्यटक सवार डुङ्गा डुब्दा चार जनाको मृत्यु

LC (KTM) January 22, 2023 0

किलिफी-केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्युभएको छ । शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्दमहासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए । दुर्घटनाका बेला समान सङ्ख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस जना पर्यटकको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये केहीलाई परीक्षणपछि फर्काइएको छ । अस्पतालमा रहेका सबैको अवस्था स्थिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर