श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति — OSNepal

श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

LC (KTM) July 06, 2021 0

काठमाडौँ, २२ असार – श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर