हेर्नुहोस यी हुन् घ्युकुमारीको जुस नियमित पिउँदा हुने अचम्मका फाइदाहरु — OSNepal

हेर्नुहोस यी हुन् घ्युकुमारीको जुस नियमित पिउँदा हुने अचम्मका फाइदाहरु

LC (KTM) January 23, 2023 0

काठमाडौं – घ्युकुमारीमा औषधीय गुण रहेको हुन्छ । यसको सेवन र प्रयोगले विभिन्न स्वास्थ्य समस्या समाधानमा सहयोग गर्छ । घ्युकुमारीको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । जुसमा कैयौँ पोषण तत्व, भिटामिन र मिनरल हुन्छन् । जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ ।

त्यस्तै यसको जुसले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।घ्युकुमारीको जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ ।

साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन । आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर