जान्नुहोस् दीर्घायुको रोचक कारण — OSNepal

जान्नुहोस् दीर्घायुको रोचक कारण

LC (KTM) January 23, 2023 0

यस वर्षको सुरुवातमा जब उनले दिनहुँ पिउने चुरोट माग्न छोडिन् तब योसेफा मारिया दा कोन्सिकोका आफन्तहरूलाई थाहा थियो- केही कुरा ठिक भइरहेको छैन।उनमा यस्तो परिवर्तन तब देखियो जब उनको परिवारका अनुसार ब्रजिलका सेवानिवृत्त यी कृषकले १२० औँ जन्मदिन मनाएकी थिइन्।

“मेरी आमाले आफ्नो जीवनभरि धुमपान गर्नुभयो,” योसेफाका चार जीवित सन्तानमध्ये एक सिसेरा भन्छिन्।योसेफाका कुल २२ सन्तान थिए।”उनको उमेर घर्कँदै जाँदा हामीले सधैँ चुरोट छोड्न लगाउन कोसिस गर्‍यौँ। तर आमाले सधैँ आफैँ चुरोट लिन जाने धम्की दिनुहुन्थ्यो।”

स्थानीय टेलिभिजनले “विश्वको सबैभन्दा वृद्ध महिला”को रूपमा प्रस्तुत गर्दा आफ्नो मूल थलोमा प्रसिद्धि कमाएकी योसेफा विगतका वर्षहरूमा भन्दा निकै कमजोर देखिएको आफन्तहरू बताउँछन्।योसेफाको परिचयपत्रले उनको जन्म ७ फेब्रुअरी १९०२ मा भएको देखाउँछ। तर, गिनिस वर्ल्ड रेकर्ड्समा उनको नाम लेखाउने प्रयास असफल भयो। विश्वको सबैभन्दा वृद्ध व्यक्ति, सिस्टर आन्द्रे भनिने फ्रान्सेली महिला लुसिल र्यान्डनको ज्यानुअरी १७ मा ११८ वर्षको उमेरमा निधन भयो।

गिनिस वर्ल्ड बुक अफ रेकर्ड्सले मान्यता दिएको उनको कीर्तिमानको उत्तराधिकारी अब को बन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ। हालसम्म उमेर प्रमाणिकरण गरिएको अर्को वृद्धा अमेरिकाकी मारिया ब्रान्यास मोरेरा हुन्। उनी आउँदो मार्च महिनामा ११६ वर्षको हुनेछिन्।पुरुषमा यो कीर्तिमान भेनेजुएलाका ११३ वर्षीय हुआन भिसेन्टे मोराले कायम गरेका छन्।

तर एउटा कुरा निश्चित छ: कोही पनि त्यस्तो कीर्तिमान सुरक्षित राख्नबाट टाढा छन्। किनकि हालैका दशकहरूमा ‘शताब्दी व्यक्ति’ हरूको सङ्ख्या बढेको छ।संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या सम्बन्धी मामिला हेर्ने विभागले अनुमान गरेअनुसार संसारमा सन् २०२१ सम्ममा कम्तीमा १०० वर्ष उमेरका ६२१,००० भन्दा बढी मानिसहरू बाँचिरहेका थिए। यो सङ्ख्या यस दशकको अन्त्यसम्ममा १० लाख नाघ्ने अनुमान गरिएको छ।

सन् १९९० मा ९२,००० जना मानिस मात्र त्यो उमेरसम्म बाँचेका थिए र त्यतिबेला यसलाई कुनै सानो उपलब्धि ठानिँदैन थियो।
मानिसहरूले औसत आयुको सन्दर्भमा लामो यात्रा तय गरेका छन्। विभिन्न क्षेत्रहरूमा भएको विकासले हामीलाई हाम्रा पुर्खाहरूको तुलनामा परिष्कृत औषधी, खाना र जीवनयापनको अवस्था प्रदान गरेको छ।

संयुक्त राष्ट्र सङ्घले विश्वव्यापी तथ्याङ्क राख्न थालेको पहिलो वर्षको आकलन अनुसार सन् १९६० मा जन्मिएको औसत व्यक्ति झन्डै ५२ वर्ष बाँच्ने आशा गर्न सकिन्छ।

१०० वर्षसम्म सम्म बाँच्नु कति सहज?

यद्यपि, १०० सम्म बाँच्नु सानो उपलब्धि होइन।संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार त्यति उमेरसम्म बाँच्नेहरूको सङ्ख्या सन् २०२१ मा विश्वको जनसङ्ख्याको ०.००८ प्रतिशत मात्र थियो।

मानिसहरूले औसत आयुको सन्दर्भमा लामो यात्रा तय गरेका छन्। विभिन्न क्षेत्रहरूमा भएको विकासले हामीलाई हाम्रा पुर्खाहरूको तुलनामा परिष्कृत औषधी, खाना र जीवनयापनको अवस्था प्रदान गरेको छ।

संयुक्त राष्ट्र सङ्घले विश्वव्यापी तथ्याङ्क राख्न थालेको पहिलो वर्षको आकलन अनुसार सन् १९६० मा जन्मिएको औसत व्यक्ति झन्डै ५२ वर्ष बाँच्ने आशा गर्न सकिन्छ।

१०० वर्षसम्म सम्म बाँच्नु कति सहज?

यद्यपि, १०० सम्म बाँच्नु सानो उपलब्धि होइन।संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार त्यति उमेरसम्म बाँच्नेहरूको सङ्ख्या सन् २०२१ मा विश्वको जनसङ्ख्याको ०.००८ प्रतिशत मात्र थियो।

अभिलेखमा सबैभन्दा वृद्ध मानिस
आजको मितिसम्म सबैभन्दा वृद्ध प्रमाणित व्यक्ति फ्रान्सिस्को जाँ क्याल्मे थिए जसको सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भयो। उनी आधिकारिक रूपमा १२० वर्षभन्दा बढी उमेरसम्म बाँच्ने एक मात्र मानिस हुन्। तर अमेरिकाको युनिभर्सिटी अफ वाशिङ्गटनका अनुसन्धाताहरूले मानिसमा दीर्घायु यही शताब्दीमा अति लम्बिने दाबी गरेका छन्। र, सम्भवतः मानिसहरूले आफ्नो जन्मदिन विशेष केकमा १२५ वा १३० वटा मैनबत्ती बाल्न सक्ने उनीहरू बताउँछन्।

“हामीलाई लाग्छ कसैले सन् २१०० सम्ममा बढी उमेरको कीर्तिमान तोड्ने छ र कोही १२६, १२८ वा १३० वर्षसम्म बाँच्ने सम्भावना छ,” एक तथ्याङ्कविद् तथा अध्ययनका सह-लेखक माइकल पियर्सले आफ्नो तर्क राखे।

पियर्स र प्राध्यापक एड्रियन राफ्टरीले अर्को दशकका लागि उमेर सीमा अनुमान गर्न उच्च उमेर सीमाको अन्तर्राष्ट्रिय तथ्याङ्क प्रयोग गरे। उनीहरूले क्याल्मेको कीर्तिमान तोडिने सम्भावना शत प्रतिशत रहेको र कसैले १२७ औँ जन्मदिन मनाउने सम्भावना ६८ प्रतिशत रहेको निष्कर्ष निकाले। बीबीसी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर