बयरले चाया देखी उच्च रक्तचापको समस्या समेत चुट्कीको भरमा समाधान गर्छ, फल एक फाइदा अनेक — OSNepal

बयरले चाया देखी उच्च रक्तचापको समस्या समेत चुट्कीको भरमा समाधान गर्छ, फल एक फाइदा अनेक

LC (KTM) January 23, 2023 0

यतिबेलाको सिजनल फलफुल मध्ये एक रहेको छ गाउँघर तिर सजिलैसंग पाईने फल बयर । चिसो मौसममा पाईने गरिएता पनि यसको फाईदा र महत्व एकदमै धेरै रहेको छ । बयरमा क्याल्सियम, आइरन, म्याग्नेसियम, म्यागनिज, फस्फोरस, पोटासियम, सोडियम र जिङ्क , भिटामिन ए, सी, बी वान, बीटु, बीथ्री र बीनाइन जस्ता पोषक तत्वहरु पाईने गर्दछ । आज हामी तपाईलाई बयरको फाईदाका बारेमा जानकारी दिन गईरहेका छौ ।

बयरले उच्च रक्तचापका रोगीहरुलाई एकदमै फाइदा पुग्ने गर्दछ । जसलाई उच्च रक्तचाप छ उनीहरुले पोटासियमले भरपुर खाना खानुपर्छ । बयरमा प्राकृतिक पोटासियमको मात्रा भरपुर हुन्छ । त्यसैले बयरको नियमित सेवनले रक्त सञ्चारमा सुधार आउँछ र रक्तचाप नियन्त्रणमा रहन्छ । त्यस्तै बयरमा फाइटोकेमिकल र विभिन्न प्रकारका पोषक तत्त्वहरू हुन्छन् ।

चिसो मौसममा बयर खाँदा पाचन प्रक्रिया दुरुस्त राख्ने एन्जाइम्सले राम्रोसँग काम गर्ने गर्दछ । बयरमा भरपुर मात्रामा फाइबर हुन्छन् जसले कब्जियतलाई पनि निर्मुल पार्ने काम गर्दछ । बयरको नियमित सेवनले हड्डी लाई समेत बलियो राख्न मद्धत गर्दछ । भारतकी डायटिसियन डा. विजयश्री प्रसाद भन्छिन्, ‘बयरमा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पाइन्छन् जसले हड्डी बलियो बनाउँछ ।’

यसमा म्याग्नेसियम बढी हुँदा यसले एन्टी डिप्रेशन औषधीको रूपमा पनि काम गर्छ । चिसो मौसम भरी नियमित रूपमा बयर सेवन गर्नाले एन्जाइटी समेत हट्ने चिकित्सकहरुको भनाई छ । यसमा एमिनो एसिड हुन्छन् जसले शरीरलाई स्ट्रेसबाट टाढा राख्छ । बयरको सेवनले रगतलाई शुद्ध पार्ने काम समेत गर्छ । त्यस्तै बयरको सेवनबाट अनुहारलाई चम्किलो बनाउने काम गर्दछ ।

बयरमा भिटामिन सीको मात्रा बढी हुन्छ । यहाँसम्म कि सुन्तलामा भन्दा यसमा भिटामिन सी बढी हुन्छ । सय ग्राम बयरमा ६९ एमजी भिटामिन सी पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट्स पाइन्छन् । यो खाँदा तपाईंको छालामा निखार आउँछ । अनुहारमा डन्डिफोर र आँखा मुनी डार्क सर्कल छ भने बयर खानु निकै फाइदाजनक हुन्छ ।

बयरमा पौष्टिक तत्त्व पनि भरपुर मात्रामा पाइन्छ । हरेक दिन कति बयर खाने गर्नाले चायाको समस्यालाई पनि दुर गर्दछ । चिसो मौसममा मानिसलाई चायाको समस्या बढी हुन्छ । बयरमा प्रोटिन, भिटामिन सी, केरेटलाइड्स, भिटामिन बी कम्प्लेक्स र मिनरल्स हुन्छन् । त्यसैले हामीले हरेक दिन ८ देखि १० मध्यम आकारका बयर खानुपर्छ । बयर खाँदा कपालले पर्याप्त पोषण पाउँछ । यसले कपाल बाक्लो हुन पनि सघाउँछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर