जुम्लामा घरको छतमा हिउँ,जनजीव कष्टकर बन्दै — OSNepal

जुम्लामा घरको छतमा हिउँ,जनजीव कष्टकर बन्दै

LC (KTM) January 24, 2023 0

जुम्लाको चन्दननाथ नगरपालिका ४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।

यो पनि- सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित:डुम्रे–बेंसीसहर सडकको उदिपुर देउराली डाँडामा सुख्खा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको छ ।बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कार्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार बिहान खसेको पहिरो दिनभरी प्रायः चलिरहेको बताए ।बेंसीसहर नगरपालिका १, उदिपुरको देउराली डाँडाको सडक गतवर्ष भदौ ११ गते पहिरोले बगाएको थियो । तीन दिन अवरुद्ध भएको सडक खुलाएकोमा पुनः गत असार ४ गते सडक पहिरोले बगाएपछि चिप्लेटीस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो संचालनमा ल्याइएको थियो ।

चुनावको बेला नेपाली सेनाको चण्डिप्रसाद गणबाट सवारी आवागमन बन्द भएपछि बेंसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमस्र्याङ्दी जलविद्युतको फलामे पोल तथा डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामाग्री सहयोगबाट उक्त सडक खुलाइएको थियो ।

त्यसपछि पुनः १ साता बन्द गरेर सडक फराकिलो बनाएकोमा अहिले त्यहस् सडकमा पहिरो खस्ने समस्या देखिएको स्थानीयले बताएका छन् ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले सडकको माथिल्लो क्षेत्रबाट पहिरो खसेकोले केही अवरुद्ध भएको सडक खुलेको बताए । स्थानीयले भने सडक खुल्ने र बन्द हुने गरेको बताएका छन् । उनीहरूले सडकको माथिबाट सुख्खा पहिरो खस्दा असुरक्षा बढेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर