ससुराली आएका ज्वाईसँग भागिन् सासु — OSNepal

ससुराली आएका ज्वाईसँग भागिन् सासु

LC (KTM) January 24, 2023 0

एजेन्सी । प्रेममा परेको मान्छेले कतिबेला के गर्छ कसैलाई पत्तो हुँदैन । उसले घर परिवार र समाजमा गर्ने व्यबहार नै भिन्न हुन्छ । चाहे युवा अवस्थाको होस् वा अर्धवैँशे र विबाहित किन नहोस् प्रेममा परेको मानिसले अजिव हर्कत देखाउँन थाल्छन् ।

जसको एउटा उदाहरण भारतको राजस्थानमा देखिएको छ । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीचको प्रेमले विबाहको रुप धारण गरेपछि उनीहरुको परिवारमा मात्रै खल्ल बल्ल भएन यो कुरा गाउँ समाज हुँदै विश्वभर फैलियो । सासुसँग प्रेममा रहेका ज्वाईले सासुलाई भगाएपछि ससुराले ज्वाईंविरुद्ध सासु भगाएको भन्दै उजुरी दर्ता गरेका छन् । प्रहरीले उजुरी दर्ता गरेर यी दुईको खोजी कार्य गरेका छन् ।

भारतको सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेको बताइएको छ । उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् ९ज्वाईं० ले उनकी श्रीमती (सासु) लाई भगाएको भन्दै उजुरी दिएका छन् ।

रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो । ज्वाईं नारायण ३० डिसेम्बरमा ससुराली गएका थिए । तर बिहान चार बजे ससुरा रमेशको आँखा खुल्दा श्रीमती र ज्वाईं नारायण घरमा नभएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् । रमेशका अनुसार ज्वाईंका तीन सन्तान छन् भने सासु पनि चार सन्तानकी आमा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर