अभिनेता दीपकराजले बालेन र रविको सर्मथन गर्दै भने 'कमसेकम ५ वर्ष त विश्वास गरौं' — OSNepal

अभिनेता दीपकराजले बालेन र रविको सर्मथन गर्दै भने ‘कमसेकम ५ वर्ष त विश्वास गरौं’

LC (KTM) January 24, 2023 0

काठमाडौँ । अभिनेता दीपकराज गिरी आफ्ना धारणाहरु सामाजिक संजालमा तात्ततातै विषयमा राखि हाल्छन् । राजनीति होस् वा कलाकारिताको विषयमा नै किन नहोस् दीपकले स्पस्ट धारणा राखिरहेका हुन्छन् । पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का विषयमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले स्पस्ट रुपमा आफ्नो धारणा राख्दै बालेन जस्ता युवा नेताहरुलाई विश्वास गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

निर्माता गिरीले फेसबुकमा स्टाटस पोस्ट गर्दै राजनीतिमा आएका नयाँ अनुहारलाई केही समय विश्वास गर्न आग्रह गर्दै भनेका छन् जनताको ठूलो मत पाएर सदनमा पुगेका गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० हरुलाई एक पटक समय दिऔँ ।

उनी अगाडी लेख्छन् ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौ विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर