ए डिभिजन नजिकिदै गरेको बेला थ्री स्टारले मुख्य प्रशिक्षकमा केसीलाई गर्यो नियुक्त — OSNepal

ए डिभिजन नजिकिदै गरेको बेला थ्री स्टारले मुख्य प्रशिक्षकमा केसीलाई गर्यो नियुक्त

LC (KTM) January 24, 2023 0

सहिद स्मारक ए डिभिजन लिग खेल्दै आएको थ्री स्टार क्लबले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।थ्री स्टारले आज प्रशिक्षक केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । केसी अब थ्री स्टारमा एक वर्षका लागि मुख्य प्रशिक्षकको रुपमा रहने छन् ।

नयाँ सिजनको ए डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । थ्री स्टारको विशेष आग्रह अनुसार आफुले सम्झौता गरेको मुख्य प्रशिक्षक नियुक्त भएपछि केसीले बताए । क्लबलाई पनि गार्हो अवस्था रहेको बेला राम्रो स्थान दिने योजना रहेको बताए ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुन लागिरहेको छ । लिग डबल राउण्ड रोबिनको आधारमा खेलाईने छ । अघिल्लो सिजन केसीले सातदोबाटो युथ क्लब हेरेका थिए । यस्तै थ्री स्टारले उज्ज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर