बालेनहरुलाई काम गर्न दिउँ भनेका दीपकराजलाई नै उल्टै प्रतिप्रश्न गर्दै बालेनले सोधे 'बालेनहरु कति जना छन् ?' — OSNepal

बालेनहरुलाई काम गर्न दिउँ भनेका दीपकराजलाई नै उल्टै प्रतिप्रश्न गर्दै बालेनले सोधे ‘बालेनहरु कति जना छन् ?’

LC (KTM) January 24, 2023 0

काठमाडौं । कलाकार दिपकराज गिरीले काठमाडौंका मेयर बालेन्द्र साहको समर्थन गर्दै फेसबुकमा लेखेको स्टाटसमा मेयर शाहले उल्टै दीपकलाई प्रतिप्रश्न गरेका छन् ।

कलाकार गिरीले राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौ, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’ भनेर लेखेको स्टाटसमा बालेनले प्रति प्रश्न गर्दै बालेनले लेखेका छन् ‘बालेनहरु भनेको कतिजना हो ? बालेन जस्तै अरु पनि छन् ?

छन भने किन ५ वर्ष कुर्नु रु’ पछिल्लो समय बालेन आफ्ना अभिव्यक्ति र डोजर प्रकरणका कारण विबादमा तानिइरहेका बेला केही दिन अघि मात्रै निर्देशक विशाल भण्डारीविरुद्ध खनिएका थिए ।

उनले आँफु भन्दा उमेरमा जेठा निर्देशक भण्डारीलाई भाई सम्बोधन गर्दै नितान्त व्यक्तिगत कुरा सामाजिक संजालमा लेखेपछि उनको चर्को आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर