मामाघरबाट स्कुल गएका ८ कक्षामा अध्ययनरत विपिन सोमबारदेखि बेपत्ता — OSNepal

मामाघरबाट स्कुल गएका ८ कक्षामा अध्ययनरत विपिन सोमबारदेखि बेपत्ता

LC (KTM) January 24, 2023 0

चितवन । घरबाट भरतपुरमा रहेको होस्टलमा जान्छु भनेर हिडेका माडीका एक किशोर होस्टल पुगेनन् ।

भरतपुरको बाल्मिकी स्कूलमा कक्षा ८ अध्ययन गर्दै आइरहेका माडी नगरपालिका ३ बसन्तपुरका विपिन पंगेनी होस्टल नपुगेपछि परिवारका सदस्यहरु अहिले आत्तिएका छन् र उनीहरुले मिडिया र प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका छन् ।

दिउसो २ बजे गीतानगर स्थित मामाघरमा आएका उनि पाँच बजे होस्टल जान्छु भनेर म्याजिक चढेको बताइएको छ । उनि भरतपुरमा होस्टलमा बसेर पढ्दै आएको विपिनकी आमाले ओएस नेपाललाई जानकारी दिइन् ।

उनले छोराको खोजी गरेर सहयोग गरिदिन आग्रह गर्दै ९८४४२१२८८० मा सम्पर्क गरिदिन पनि अनुरोध गरेकी छिन् । अहिले चितवन प्रहरीले उनको खोजीकार्य अगाडी बढाएको भएता पनि यो समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर