मेसीलाई भेट्न पाम भन्दै कुलदेवता भाकेका नेपालका यी युवाको पूरा भयो सपना — OSNepal

मेसीलाई भेट्न पाम भन्दै कुलदेवता भाकेका नेपालका यी युवाको पूरा भयो सपना

LC (KTM) January 24, 2023 0

काठमाडौँ । पीएसजी र अल नासर क्लबबीचको मैत्रीपूर्ण खेलका लागि पीएसजी टिम बुधबार कतार पुग्यो । सो अवसरमा पीएसजी टिम कतारको राजधानी दोहामा रहेको ‘द टर्च होटल’ मा बस्यो । सोही होटलमा काभ्रे दोलालघाटका ३८ वर्षीय नवाङ लामाले १० वर्षदेखि काम गर्दै आएका थिए । एक दशकदेखि काम गर्दै आएका नवाङले जीवनमा खोजेको यही अवसर बुधबार एकाएक पुरा भयो । मेस्सीलाई भेट्ने सुर्व मौकालाई उनले सदुपयोग गर्दै सेल्फी खिच्न भ्याए ।

उनी मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान थिए भने मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गर्थे । मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान नवाङले मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गरेको अहिले आएर पूरा भएको बताउँछन् ।

आफ्नो जिन्दगीको महत्वपूर्ण समय परवारमा तिाए पनि उनको एउटै इच्छा थियो मेसीलाई भेट्ने । जुन लामो प्रतिक्षापछि पूरा भएको छ । टर्च होटलमा विश्वका अधिकांश खेलाडी आएपनि मेसी सबैको नजरमा परेपनि होटलका स्टाफलाई फोटो खिच्न रोक लगाइएको थियो । फोटो खिचेमा कर्मचारीको जागिरसम्म जान सक्थ्यो ।

यसअघि नै नेयमार जुनियर, आर्जेन रोबेन, मारियो गोट्जे, जाभियर हर्नान्डेज, आर्टुरो भिडाल, रोबर्ट लेवन्डन्स्की, जाभी अलोन्सोलगायत दर्जनौं विश्वचर्चित फुटबलरसँग सेल्फी लिन भ्याइसकेका छन् नवाङले म्यानेजरलाई आँफुले यसपटक फोटो खिच्ने र जागिर गएपनि फरक नपर्ने बताएका थिए । जसका कारण उनी निर्धक्क थिए ।

तर नवाङ लामाले भने जागिरलाई दाउमा राखेरै भए पनि तस्विर खिचाए । सुरुमा उनले मेसीलाई लिफ्टसम्म पुर्‍याएर कोठा देखाउने अवसर पाए तर सुरुमै उनीसँग सेल्फी खिचेनन् र उचित समयको प्रतिक्षामा बसे ।

सबै टोलीले खाना खाइसकेर कोठा फर्किने बेला नवागंले मेसीलई तस्विरका लागि आग्रह गरेपछि मेसी नजिकै आएर उभिए र मुसुक्क हाँसेर सेल्फी मोडमा उभिए । जसरी पनि मेसीसँग तस्बिर लिने उनको चाहना पूरा हुँदा समेत उनले पीएसजीका सबै खेलाडी सँगै भएपनि अरूसँग खासै मतलब थिएन। उनले फेसबुक र इन्स्टाग्राममा प्रोफाइल परिवर्तन गर्दै लेखे ‘मिसन एकम्प्लिसड लेख्न भ्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर