अमेरिकाबाट देश खोज्दै बिधार्थी नेता — OSNepal

अमेरिकाबाट देश खोज्दै बिधार्थी नेता

LC (KTM) January 25, 2023 0

केन्टकी/अमेरिका । अमेरिकामा विद्यावारिधि गर्दै गरेका विद्यार्थी नेता थोमस बास्तोलाले विभिन्न कारण परदेशिन बाध्य हुनेहरुको कथाव्यथालाई गीतमा उतारेका छन् ।

बास्तोलाको रचना रहेको ‘म देश खोज्दै परदेश आए’ हालैमात्र सार्वजनिक भएको छ । ‘परदेशमा रहँदा भिन्दै खालका पीडाहरू हुन्छन् कति भन्न सकिने र कति अनुभूति मात्र गर्न सकिन्छन्’ गीतका बारेमा उनी भन्छन्,‘ मैले तिनै अनुभूतिलाई शव्दमा पोख्ने प्रयत्न गरेको छु ।’

गीतमा चर्चित गायक शिव परियारको स्वर भरेका छनु भने अमेरिकाको साउथ डाकोटा बस्दै आएका संगीतकार पबिधन खालिङको सङ्गीत सिर्जना रहेको छ । गीतलाई भने फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । देशको माया बोकि हजारौ सपना लिएर परदेश गएका नेपालीहरुको कथा समेटिएको यस गितमा उद्वोषण नारायण श्रेष्ठले गरेका छन । गीतको लिरिकल भिडियोलाई संगीतकार खालिङले आफ्नै युट्युब च्यानल उबदष्मजबल पजबष्लिन यााष्अष्ब ियुट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

अमेरिकामा विद्यावारिधि गर्दै गरेका विद्यार्थी नेता थोमसले रहरले भन्दा पनि बाध्यताले विदेशिनु परेको भावलाई मार्मिक ढङ्गले गीतमा समेटेका छन् । अमेरिकामा साउदर्न इलिनोइ युनिभर्सिटीको पूर्ण छात्रवृत्तिमा अर्थशास्त्रमा पीएचडी गरिरहेका उनी नेपालमा रहदा अनेरास्वबियुको केन्द्रिय उपाध्यक्ष थिए ।

विद्यार्थी राजनीतिमा रहँदा उनले ईतिहास नेतृत्व र कार्यदिशाको खोज गरी विद्यार्थी आन्दोलन र अनेरास्ववियुु पुस्तक प्रकाशित गरेका थिए । त्यसै गरि देश कहा छ, खोसएिको दैनिकी (कवितासंग्रह) शिक्षाको ज्योती बाल्दाबाल्दै (आत्मकथा) प्रकाशन गरेका थिए । बास्तोला हाल केन्टकी राज्यको लुइभिल शहरमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर