भोजपुरका किसानले प्रतिकेजी ७०० रुपैयाँमा बिक्री गर्छन छुर्पी — OSNepal

भोजपुरका किसानले प्रतिकेजी ७०० रुपैयाँमा बिक्री गर्छन छुर्पी

LC (KTM) January 25, 2023 0

भोजपुर, ११ माघ चौरीपालक कृषकले आफ्नो गोठमा सुकाएको चौरीको छुर्पी । छुर्पी स्थानीय गोठवालाहरुका अनुसार प्रतिकेजी रु ७०० रुपैयाँमा बिक्री हुन्छ । चौरीको छुर्पीलाई स्वादिष्ट मानिन्छ ।

यो पनि : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भोलि हुने:बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भोली हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ ।

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् ।

तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर