श्रीमतीसँगै घाँस काट्न गएका देउबहादुरलाई भालुले गर्यो आक्रमण — OSNepal

श्रीमतीसँगै घाँस काट्न गएका देउबहादुरलाई भालुले गर्यो आक्रमण

LC (KTM) January 25, 2023 0

पाल्पा – भालुको आक्रमणमा परी पाल्पामा एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहेका छन् ।

घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमतीसँगै घाँस काट्न गएका उनलाई भालुले एक्कासी आक्रमण गरेको थियो ।

गम्भीर घाइते भएका विकलाई द्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको बताइएको छ ।

यो पनि पढ्नुहोस- काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत फेला : काठमाडौं -नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घर पाल्पा रैनादेवी छहरा हो । उनको ह  त्या हो या आ  त्म  हत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको श व पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर