अमेरिका भ्रमणमा रहेका हाँस्यकलाकार महादेवले हँसाए, मिलनले नचाए — OSNepal

अमेरिका भ्रमणमा रहेका हाँस्यकलाकार महादेवले हँसाए, मिलनले नचाए

LC (KTM) January 25, 2023 0

काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हसाएका छन् । ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाको बिनिता तामाङद्धारा अष्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होछार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका बिभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् । उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हास्न बाध्य भएका थिए ।

नेपाली जादुगरको रुपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गरे ।
कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राखे । गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए ।यस्के स्याङ्त्याङ र महिन्द्र खतिवाडाको अलवा अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो । कार्यक्रममा बसन्ती राईको पनि सहभागीता रहेको थियो ।

अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष बिनिता तामाङले बताइन् । बिनिताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा बिभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकी छन् ।कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुगेका थिए । अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उनले गरिसकेका छन् । अझै अमेरिकाको बिभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताए ।

त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्न ठाउँमा सम्मानित समेत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर