प्रेम आचार्य छोरीलाई डाक्टर अनिलले गरे ५१ हजार सहयोग — OSNepal

प्रेम आचार्य छोरीलाई डाक्टर अनिलले गरे ५१ हजार सहयोग

LC (KTM) January 25, 2023 0

काठमाडौं । इलामका ३७ वर्षीय प्रेम आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित डाक्टर ओममुर्ति अनिलले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर ५१ हजार रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा ५१ हजार पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।

उक्त रकम सहयोग गर्दै डाक्टर अनिलले भनेका छन् – ‘प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सकदो सहयोग गर्दिनुहोला फ़ोटोमा बैंक डिटेल छ ।’

आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा निधन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।

नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् । यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।

‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् । उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् स् एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो ।

दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर