प्रेम आचार्यको निधन पछि लुट फिल्मका निर्देशक निश्चल बस्नेतको भाबुक पोस्ट - सुन्दा र पढ्दा यति दुःख लाग्यो, भोग्ने लाई के भयो होला — OSNepal

प्रेम आचार्यको निधन पछि लुट फिल्मका निर्देशक निश्चल बस्नेतको भाबुक पोस्ट – सुन्दा र पढ्दा यति दुःख लाग्यो, भोग्ने लाई के भयो होला

LC (KTM) January 25, 2023 0

काठमाडौं – नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आ त्मदा हको प्रयास गरेका इलामका ३७ वर्षीय प्रेम आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भएको छ । उनले फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो ज्यान लिएका थिए ।

उनले निधनपछि उनले लेखेको स्टाटसले धेरैको मुटु छोरएको छ । उनको निधन पछि धेरैले यो राज्य र रकार प्रति प्श्न गर्न थालेका छन् । यहि बिचमा कलाकार तथा फिल्म निर्देशक निश्च बस्नेतले पनि श्रद्धाञ्जली दिँदै दुख व्यक्त गरेका छन् । उनले सरकार कसरी असफल भएर पनि देशको जिम्मेवारी बोकेर बसेको छ भन्ने कुरा प्रष्ट देखिएको बताएका छन् । उनले जुनसुकै पार्टीको सरकार बनेपनि जनताको सरकार कहिले नबन्ने जसले गर्दा जनताले सँधै दुख पाएको बताएका छन् ।

बस्नेतले प्रेमले आत्मदाहको प्रयास गर्नुअघि लेखेका कुराहरु संसदमा सुनाउन पनि आग्रह गरेका छन् । उनले लेखेका छन् ‘सुन्दा र पढ्दा यति दुःख लाग्यो, भोग्ने लाई के भयो होला। मलाई जहिले लाग्थ्यो we live in a failed state फेरि प्रमाणित भयो आज, तर दुखद यो भयो कि यहाँ कसैको ज्यान पनि गयो । प्रेम जी ले दिनु भएको सुझाब मा सरकार कसरी असफल भएर पनि देश को जिम्मेवारी बोकेर बसेको छ आँखा चिम्लेर कान थुनेर बसेको छ प्रष्ट देख्न सक्छौ हामी ।

‘‘सरकार मा बस्ने संसद मा बस्नेले राज्यलाई जिम्मेवार अबपनि नबनाउने हो भने जुनसुकै पार्टी को सरकार बनेपनि जनताको सरकार कहिले बन्ने छैन । संसदमा सुनाइयोस् वहाँ ले लेखेका कुराहरू , बुझ्नेले धेरै काम गर्नेछन् जनतको लागी , नबुझ्नेले जे गरिरहेका छन् त्यै गर्नेछन् , मात्र भन्नेछन् हार्दिक श्रदान्जली !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर