प्रेम आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले निशुल्क गर्ने निर्णय — OSNepal

प्रेम आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले निशुल्क गर्ने निर्णय

LC (KTM) January 25, 2023 0

काठमाडौँ । मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयासपछि किर्तीपुरमा अवस्थित बर्न अस्पतालमा उपचार सुरु गरियो । प्रेमको उपचारका क्रममा आज बिहान निधन भयो । उनको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले निस्शुल्क गर्ने निर्णय गरेको छ।

यसैबिच आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित डाक्टर ओममुर्ति अनिलले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर ५१ हजार रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा ५१ हजार पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका छन् ।

उक्त रकम सहयोग गर्दै डाक्टर अनिलले भनेका छन् – ‘प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सकदो सहयोग गर्दिनुहोला फ़ोटोमा बैंक डिटेल छ ।’

आफूले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर