बागमती सरकारले पायो पूर्णता, को को बने मन्त्री ? • OSNepal

बागमती सरकारले पायो पूर्णता, को को बने मन्त्री ?

Osnepal January 25, 2023 0

काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । 

उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।

यस्तै माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री जम्कट्टेल पनि माओवादीकै हुन् ।

यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।   
राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर