कर्णालीमा समावेशी मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ — OSNepal

कर्णालीमा समावेशी मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ

LC (KTM) January 25, 2023 0

सुर्खेत, ११ माघ- समावेशीताको सवाललाई धज्जी उडाउँदै कर्णाली प्रदेशमा आज चार जना मन्त्रीको सपथ पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।

यस्तै पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । यो मन्त्री मण्डलमा दलित , महिला कुनै पनि सहभागी गराएको छैन ।  पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर