नेपाल टी ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको बिषयमा छानबिन समितिले राखेपलाई बुझायो प्रतिबेदन — OSNepal

नेपाल टी ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको बिषयमा छानबिन समितिले राखेपलाई बुझायो प्रतिबेदन

LC (KTM) January 26, 2023 0

नेपाल टी ट्वान्टी लिग क्रिकेटमा पछिल्लो समय आएका विवाद र घटनाक्रमबारे छानबिन गर्न गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई प्रतिवेदन बुझाएको छ । राखेपको कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन भएको थियो । सोही कार्यदलले बुधबार प्रतिवेदन बुझाएको हो । छानबिन कार्यदलका संयोजक कुँवरले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन हस्तान्तर गरेका हुन् ।

प्रतिवेदनमा नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी ट्वान्टी लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा २ मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

कार्यदलको प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्र्याई गरिएको नेपाल टी ट्वान्टी लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर