नेदरल्याण्का फरवार्ड डान्जु टोटेनहमा अनुबन्धित — OSNepal

नेदरल्याण्का फरवार्ड डान्जु टोटेनहमा अनुबन्धित

LC (KTM) January 26, 2023 0

प्रिमियर लिग क्लब टोटेनहममा नेदरल्यान्ड्सका फरवार्ड अर्नोट डान्जुमा अनुबन्धित भएका छन् । टोटेनहमले डच फरवार्डलाई स्पेनिस क्लब भिल्ला रियलबाट लोनमा अनुबन्ध गरेको हो ।टोटेनहमले यस सिजनको अन्तिमसम्मका लागि लोनमा डान्जुमालाई अनुबन्ध गरेको हो ।

२५ वर्षीय फरवार्डले २०२१ मा भिल्ला आएका थिए । त्यसअघि उनले बर्नेमाउथका लागि खेलेका थिए ।गत सिजन उनले भिल्लाका लागि १६ गोल गरेका थिए ।नेदरल्यान्ड्सका लागि उनले ६ खेलमा २ गोल गरिसकेका छन् । कतार विश्वकपमा भने उनी टोलीमा थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर