डा.बाबुराम भट्टराईलाई राष्ट्रपतिमा स्वीकार गर्ने संभावना छैन -कांग्रेस नेता डा. शेखर कोइराला — OSNepal

डा.बाबुराम भट्टराईलाई राष्ट्रपतिमा स्वीकार गर्ने संभावना छैन -कांग्रेस नेता डा. शेखर कोइराला

LC (KTM) January 26, 2023 0

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपतिका बिषयमा राष्ट्रिय सहमति नबन्ने बताएका छन् । उनले राष्ट्रपतिको चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका हुन् ।‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा ओर्ले लगत्तै पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले उम्मेदवार यो भनेको त छैन, बाहिर चर्चा दुई जना साथीहरुको आएको छ ।

यस बिषयमा कांग्रेसभित्र र अन्य दलसँग पनि छलफल गर्ने उनले बताए । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा रहेको छ । उनले आफूहरुले डा। बाबुराम भट्टराईलाई स्वीकार गर्ने सम्भावना नरहेको पनि प्रष्ट पारे । नेपाली कांग्रेसको उम्मेदवारलाई नै सर्वस्वीकार्य बनाउन प्रयास गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर