रिलिज अघि नै पठान फिल्म युनिटले पार्टी दिएको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल — OSNepal

रिलिज अघि नै पठान फिल्म युनिटले पार्टी दिएको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल

LC (KTM) January 26, 2023 0

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुनुअघि निर्माण पक्षले मंगलबार मुम्बईको यशराज फिल्म्स स्टुडियोमा विशेष स्क्रिनिङको आयोजना गरेको थियो । जहाँ स्टार कास्ट र क्रु मेम्बर्सले खुब पार्टी गरेका थिए । यससँगै पार्टीमा निकै रमाइलो भएको छ, जसको भित्री तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यी तस्विर र भिडियोमा स्टारहरु निकै रमाइलो गरिरहेको देख्न सकिन्छ । केही तस्विरहरूमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम फ्यान र पाहुनाहरूसँग पोज दिइरहेका देख्न सकिन्छ। पार्टीमा कोरियोग्राफर वैभवी मर्चेन्ट र बोस्को मार्टिसले पठानको गीत ‘बेशरम रंग’ कोरियोग्राफी गरेको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडियोमा दुवैजना बेशरम रंग गीतमा नाचिरहेका छन् । शाहरुख बाहेक उनका ुपठानु को(स्टार दीपिका पादुकोण र जोन अब्राहम पनि स्क्रिनिङमा देखिएका थिए। उनीहरुका अलावा शाहरुखकी श्रीमती गौरी खान, निर्देशक सिद्धार्थ आनन्द, रानी मुखर्जी र जोनकी श्रीमती प्रिया रुञ्चल पनि देखिएका थिए ।

पठानको रिलिजको उत्सव मनाउने कास्ट र क्रु सदस्यहरूको तस्विर र भिडियोहरू पापाराजी र फ्यान पृष्ठहरूमा सेयर गरिएको छ। स्क्रिनिङका क्रममा शाहरुख खान र जोन अब्राहम कालो पहिरनमा देखिएका थिए । जबकि दीपिकाले अल बेज रंगको पोशाक लगाएकी थिइन् र कार्यक्रम स्थल भित्र तस्बिरहरू खिचेकी थिइन्। यसैबीच शाहरुखले पनि एकता कौलसँग तस्विर खिचेका छन् । फिल्ममा एकता कौल महत्वपूर्ण भूमिकामा देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर