जङ्गलमा पासोमा परेको चित्तलको यसरी गरियो उद्धार — OSNepal

जङ्गलमा पासोमा परेको चित्तलको यसरी गरियो उद्धार

LC (KTM) January 26, 2023 0

धनगढीः कैलालीको गोदावरी जङ्गलबाट पासोमा परेको एक चित्तलको उद्धार गरिएको छ।जङ्गलमा सिकारीले थापेको पासोमा परेको चित्तललाई स्थानीय र वनका कर्मचारीले उद्धार गरेर धनगढी ल्याएका हुन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित जङ्गलमा पासोमा परेको चित्तलको शरीरमा घाउ समेत देखिउको छ। चित्तलको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीमा उपचार गरिएको छ।

डिभिजन वन कार्यालयले पासोमा परेको अवस्थाबाट सोमवार चित्तलको उद्धार गरिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर