सुन्दरी सृष्टीसँग रोमान्टिक अवतारमा देखा परे ह्याण्डसम मोडल प्रदीप बास्तोला — OSNepal

सुन्दरी सृष्टीसँग रोमान्टिक अवतारमा देखा परे ह्याण्डसम मोडल प्रदीप बास्तोला

LC (KTM) January 26, 2023 0

काठमाडौं । गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको गैँडा चुरोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिदुर तिमल्सिना ‘देवदुत’का शब्द शृजनामा पुस्तक प्रसादको संगीत रहेको सार्वजनिक गीतमा मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । रामचन्द्र गौतमको निर्माणमा तयार भएको गैँडा चुरोटको निर्देशन र कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

गायक गौतमकै च्यानलबाट रिलिज गरिएको गीतको भिडियोले एक रोमान्टिक प्रेम जोडीको प्रेमील कहानीलाई प्रस्तुत गरेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर