पर्यटकको पर्खाइमा रहेको ब्रुसे झरना प्रचारप्रचार नहुदा ओझेलमा — OSNepal

पर्यटकको पर्खाइमा रहेको ब्रुसे झरना प्रचारप्रचार नहुदा ओझेलमा

LC (KTM) January 27, 2023 0

सुर्खेत, १३ माघः सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ ।

यो पनि पढ्नुहोस् : हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध:हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म(गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ ।

यही माघ १० गते भएको भारी हिमपातले नाग्म(गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।

सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलेबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेको छ ।

घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन । सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ ।

जुम्ला हुँदै मुगु राराताल आउने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा कार्वा बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर