पिकअप गाडीको ठक्करबाट अनुपको मृत्यु — OSNepal

पिकअप गाडीको ठक्करबाट अनुपको मृत्यु

LC (KTM) January 27, 2023 0

रौतहट, १३ माघ -गरुडा नगरपालिका-५ चिनीमिलस्थित गौर-चपुर सडकमा प्र २-०३-००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री गढीमाई नगरपालिका-८ इर्नवा बस्ने ६५ वर्षीय अनुप राय यादवको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको झाजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर