बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि घोषणा भयो ‘डिसेम्बर फल्स २’, उपासना नै फाइनल — OSNepal

बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि घोषणा भयो ‘डिसेम्बर फल्स २’, उपासना नै फाइनल

LC (KTM) January 27, 2023 0

काठमाडौं -फिल्म डिसेम्बर फल्स २’को घोषणा गरिएको छ ।फिल्ममा नायिकन उपासना नै फाइनल भएकाी छन् । पौषको १५ गतेबाट रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’ले निर्मातालाई ठूलो घाटा भएपकिो थियो । घाटा भएपनि निर्माताले ‘डिसेम्बर फल्स २’को घोषणा गरेका हुन् ।

फिल्म ‘डिसेम्बर फल्स’को अन्त्यमा पनि यसको सिक्वेल बन्ने बताइएको थियो । सोही अनुसार, फिल्म निर्माणको घोषणा भएको हो । यिका उपासना सिंह ठकुरी दोहारिने भएपनि फिल्ममा अन्य कलाकारको भने टुंगो लागिसकेको छेन् ।

फिल्ममा नायक आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन भने अब लक्ष्मण रिजालले गर्नेछन् । पहिलो पार्टको निर्देशन प्रवीण झाले गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद पनि निर्देशक रिजालकै रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर