क्यानडा अध्ययनका लागि ऐतिहासिक शैक्षिक मेला काठमाण्डौंमा हुँदै — OSNepal

क्यानडा अध्ययनका लागि ऐतिहासिक शैक्षिक मेला काठमाण्डौंमा हुँदै

LC (KTM) January 27, 2023 0

पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख अध्ययन गन्तव्यको रुपमा विकसित भइरहेको क्यानडालाई लक्षित गर्दै आगामी फेब्रुअरी १०, २०२३ गते बिहान ११ बजेदेखि ३ बजेसम्म एल्लो प्यागोडा होटल, कान्तिपथ, काठमाडौंमा ऐतिहासिक शैक्षिक मेला हुन गइरहेको छ ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा, नेपालका तीन ख्यातीप्राप्त तथा विस्वशनिय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्ट्यान्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्ट्यान्सीले नेपाली विद्यार्थीहरुलाई ‘वन-स्टप् शोलुसन’ दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसंग सहकार्य गरि मेला आयोजना गर्दैछन् ।

उक्त कार्यक्रममा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीहरुले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पीआरको अवसर साथै पछिल्लो समय पि.टि.ईको बारेमा चलेको भ्रमको यथार्थ बिष्लेषणकोलागि पनि छुट्टै शत्र आयोजना गरिनेछ ।

कार्यक्रमलाई मुख्य रूपमा जर्जिएन कलेजका प्रतिनिधिहरूले सम्वोधन गर्नेछन् । जसमा जर्जिएन कलेजकी अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावत रहेका छन् । यी दुई परामर्शदाताबाट जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई व्यापक रूपमा सम्बोधन गर्नेछन् । साथै कार्यक्रममा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

तीन शैक्षिक परामर्शदाता संस्थाहरुका प्रतिनिधिहरु श्री राम खड्का, श्री धिरज कँडेल, सतिस भट्ट, श्री अमित श्रेष्ठ, श्री दीपेन्द्र रसाइली, र सरु आचार्य लगायत शैक्षिक परामर्शदाताहरुबाट पनि विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रमहरू, शैक्षिक सत्र, भिषा साथै क्यानाडामा नेपाली विद्यार्थीहरुले प्राप्त गर्ने अवसर र सामना गर्नुपर्ने चुनौती जस्ता धेरै सरोकारहरूको विषयमा विधार्थीहरु तथा अभिभावकहरुलाई जानकारी प्रदान गर्न उक्त कार्यक्रममा उपस्थित हुनेछन् ।

साथै क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहाकार श्रीमती कृति खड्काले पनि कार्यक्रममा क्यानाडा स्थाई बसोबास सम्वन्धित उठेका प्रश्नहरुलाई सम्बोधन गर्नेछिन् । उक्त कार्यक्रममा बिद्यार्थीहरु तथा अभिभावकहरुले तलको लिन्कमा गई आफ्नो सिट सुरक्षित गर्न सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर