प्रहरी बन्दै विजय देवरकोंडा • OSNepal

प्रहरी बन्दै विजय देवरकोंडा

Osnepal January 27, 2023 0

साउथ अभिनेता विजय देवरकोंडाले आफ्नो अर्को फिल्मको घोषणा गरेका छन् । विजय देवरकोन्डा अर्को प्यान इन्डिया फिल्म बनाउने तयारीमा छन् र यसका लागि उनले आफ्नो अर्को तेलुगु फिल्म भिडी १२ को लागि गौतम तिन्ननुरीसँग हात मिलाएका छन्। अभिनेताले फिल्मको पोस्टर सेयर गरेका छन्, जसमा उनको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

यो हेरेपछि फ्यानहरु उत्साहित भएका छन् । पोस्टरबाट स्पष्ट हुन्छ कि यस पटक विजय देवरकोंडा पुलिस अफिसरको भूमिकामा देखिनेछन्। यसअघि उनले रोमान्टिक र एक्सन मात्रै भूमिका गरेका छन् । उनलाई ठूलो पर्दामा प्रहरीको अवतारमा देख्न पाउनु रोचक हुनेछ ।दक्षिण फिल्म उद्योगका सुपरस्टार विजय देवराकोंडाले आफ्नो ट्विटर ह्यान्डलमा भिडी १२ को पोस्टर सेयर गरेका छन्।

पोस्टर सेयर गर्दै विजयले क्याप्शनमा लेखे, ूस्क्रिप्ट, टीम, मेरो अर्को। यो सुनेर मेरो मुटुको धड्कन छाड्यो। यस बाहेक उनले ह्यासट्यागमा भिडि १२ लेखेका छन् । यो क्याप्सनबाट यो फिल्म निकै रोचक हुने देखिन्छ । पोस्टरमा विजय देवरकोंडा अँध्यारोमा उभिएका छन् र खाकी वर्दीमा देखिएका छन् । उनको अनुहारमा कपडा बाँधिएको छ, जसका कारण उनको अनुहार खुल्दैन।

पोस्टरमा पानीको बीचमा जलिरहेको जहाज पनि देख्न सकिन्छ। विजयको यो पोस्टलाई लिएर प्रयोगकर्ताहरु निकै उत्साहित देखिएका छन् र उनलाई बधाई पनि दिइरहेका छन् । विजय देवरकोंडा अन्तिम पटक फिल्म लाइगरु मा देखिएका थिए, जसमा उनले अनन्या पाण्डेसँग अभिनय गरेका थिए।लाइगर उनको करियरको पहिलो प्यान इन्डिया फिल्म थियो। पुरी जगन्नाथद्वारा निर्देशित यो फिल्म बक्स अफिसमा असफल भयो । यस फिल्ममा विजय देवरकोंडाको अभिनयको निकै तारिफ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर