यी हुन् टमाटरका अचम्मका फाइदाहरु, थाहा पाउदा पर्नुहुनेछ छक्क — OSNepal

यी हुन् टमाटरका अचम्मका फाइदाहरु, थाहा पाउदा पर्नुहुनेछ छक्क

LC (KTM) January 27, 2023 0

काठमाडौं – धेरैको भान्छामा गोलभेँडा सितिमिति टुट्दैन । तरकारीलाई स्वादिलो बनाउन, अचार बनाउन वा सलादको रुपमा खानको लागि टमाटर मन नपराउने मानिस सायदै होलान् । गोलभेँडा स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ ।

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।

विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि लाभदायक हुन्छ । गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ । यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।

श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ । टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । यसको पप्रयोग धेरै जोि भान्सामा सूपको रुपमा, अचारको रुपमा प्रयोग गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर