अनमोल केसीको मुख्य भुमिका रहेको फिल्म 'छड्के २’को टिजर यस्तो बनेर आयो — OSNepal

अनमोल केसीको मुख्य भुमिका रहेको फिल्म ‘छड्के २’को टिजर यस्तो बनेर आयो

LC (KTM) January 27, 2023 0

काठमाडौं -‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ । अनमोल केसी मुख्य भुमिका रहेको फिल्म ‘छड्के २’को टिजर एक मिनेट ४५ सेकेण्ड लामो रहेको छ । टिजरमा एक्सनप्रधान रहेको छ ।

यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथालाई टिजरमा देख्न सकिन्छ । ‘हाम्रो बारीको स्याउ हामीले पनि बेच्न पाउनुपर्छ । हाम्रो डाँडाको यार्सा हामीले पनि टिप्न पाउनुपर्छ,’ भन्ने एक पात्रको अभिव्यक्तिले समग्र फिल्मको कथावस्तुलाई दर्शाएको छ ।

हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्ममा अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् । फिल्ममा अनमोल केसी सहित रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको मुख्य भुमिका रहेको छ । ‘छड्के २।०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर