श्रीमती सचित्राको क्यान्सरका कारण निधन भएपछि एक्लिएका पूर्वसचिव रामेश्वरले गरे नयाँ वैवाहिक जीवन सुरू — OSNepal

श्रीमती सचित्राको क्यान्सरका कारण निधन भएपछि एक्लिएका पूर्वसचिव रामेश्वरले गरे नयाँ वैवाहिक जीवन सुरू

LC (KTM) January 27, 2023 0

काठमाडौं- श्रीमती सचित्रा खनालको क्यान्सरका कारण निधन भएपछि एक्लै बसेका पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । उनले बिहीबारदेखि सरिता शर्मा पोखरेलसँग नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् । उनले १९ वर्षदेखि नै एकल जीवन बिताइरहेकी शर्मासँग नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।

शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै खनालसँग जोडिन् पुगेकी हुन् । खनालले पारम्परिक रुपमा विवाह नगरी बाँकी जीवन साथै बिताउने निर्णय गरेको बताए । खनाल र शर्मा दुवैका एक–एक छोरी छन् ।

विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा सरिताका पतिको निधन भएको हो । त्यसपछि उनी एक्लै जीबन बिताइरहेकी थिइन् । खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् । खनालले अर्थविज्ञका रुपमा आफ्नो परिचय बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर