रवि लामिछानेले छाडे सरकारी निवास — OSNepal

रवि लामिछानेले छाडे सरकारी निवास

LC (KTM) January 27, 2023 0

काठमाडौं, १३ माघ -निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् ।

उनी यतिबेला निजी निवास गएका छन् । लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ -रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए ।

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’

उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर